उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,

पूर्णपुष्टि, भदौ १८

उदयपुरमा आज (शुक्रबार) थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ४ महिला र २ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४४८ जना पुगेको छ ।

थपिएका संक्रमितहरु सवै त्रियुगा नगरपालिकाका रहेका छन् । त्रियुगा नगरपालिका वडा नं ११ का २ महिला र २ पुरुष गरी ४ जनामा संक्रमण देखिएको छ, भने त्रियुगाकै वडा नं १० र ५ का १÷१ जना  महिलामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १ हजार ५३२ महिला र १ हजार ७७४ गरी कुल ३ हजार ३०६ जना कोरोना मुक्त भएका छन् । जिल्ला सक्रिय संक्रमित ४७ महिला र ४३ पुरुष गरी ९० जना रहेका छन् । कोरोनाबाट जिल्लामा १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0