Thursday, May 7News That Matters

उदयपुरमा “परिवर्तनका लागि संगित कार्यक्रम”

पूर्णपुष्टि,चैत्र १३ । गाईघाटमा तिनतले संगित केन्द्र उदयपुरद्धारा “परिर्वतनका लागि संगित कार्यक्रम” गरिएको छ । सोमबार संगित केन्द्रले त्रियुगा नगरपालिका वडा नम्बर १२ साधना टोलमा अवस्थित आफ्नै भवनमा कार्यक्रमको आयोजना गर्दै सांगितिक कार्यक्रम सम्बन्धि छलफल तथा भेटघाट गरिएका हो ।

अमेरिकन कलाकारहरुको साझा संस्था प्लेन फर चेन्ज फाउन्डेसनको सहकार्यमा संञ्चालित यो संस्थाले निःशुल्क संगित क्षिक्षा प्रदान गर्न खोलिएको तिनतले संगित केन्द्रका अध्यक्ष श्याम बस्नेतले बातए । यस संस्थाले समाजमा लुकेका प्रतिाभाहरुलाई संगितको साधनामा अवसर दिलाउँने बताए । पछिल्लो समय हाम्रो नेपाली समाजमा बालबालिकाहरुको लागि प्रशस्ता समय उपलब्ध हुँदा लागू औषध दुर्व्यसनी जस्ता जगन्य अपराधहरुमा मुछिरहेका छन् । सोहि कारण फुर्सदको समयमा संगित कक्षा लिए भोलीको समाझमा बोझ हुनबाट बञ्चित हुन सक्ने अध्यक्ष बस्नेतले बताए ।

कार्यक्रममा प्लेन फर चेन्ज फाउन्डेसनका संयोजक थोमसलाई संगित मार्फत तिनतले संगित केन्द्र उदयपुर विद्यार्थीहरुले स्वागत गरेका थिए । थोमस नेपालमा गुञ्जने संगितहरुको अवस्थाको अवलोकको लागि आएको संगित गुरु सैलेन्द्र खतिवडाले जानाएको छ ।