Monday, June 22News That Matters

उदयपुरमा पहिलो चोटी आत्मरक्षा सम्बन्धि प्रशिक्षण तालिम

पूर्णपुष्टि, बैशाख १०

जाल्पा एकिकृत विकास समाज उदयपुरले उदयपुरमा पहिलो पटक किशोर किशोरीहरुलार्ई आत्मारक्षा सम्बन्धि ४ दिने प्रशिक्षण तालिम गाईघाटको कोहबर होटलमा दिएको छ । यो तालिम प्रदेश नं १ मा पहिलो पटक उदयपुरमा गराइएको संस्थाले जनाएको छ ।

पछिल्लो समय गाउँ समाज र राष्ट्रमा भईरहेको मानव असुरक्षालाई मध्यनजर गरी बढी किशोरीहरु माथी भईरहेको हत्या, हिंसा, बलत्कार, जस्ता घटनाहरु न्युनिकरण र नियन्त्रका लागि तालिमको आयोजना गरिएको जाल्पा एकिकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्प पोखरेलले बताउनुभयो ।  । किशोरीहरु मात्रै नभई कुनै पनि व्यक्तिहरु किशोर वा किशोरी असुरक्षित भईरहेका अवस्थामा यसको नियन्त्रणमा थप टेवा पुग्ने भन्दै उनिहरुको आत्मावल रक्षाको निम्ति तालिमको आयोजना गरिएको पोखरेलले बताउनुभयो ।

तालिममा पुरुषलाई भन्दा बढी महिलाहरुलाई सहभागी गराइएको छ । रौतामाई गाउँपालिका भरीका करिब ४० जना किशोर किशोरीहरुको सहभागीमा ४ दिने तालिममको आयोजना गरिएको अध्यक्ष  पोखरेलले बताउनुभयो ।  तालिममा सहभागीहरुलाई कुनै पनि बेला पर्ने समस्या बारे तत्कालाई कसरी सामना गर्ने भन्ने कुरामा पहिले आफुलाई तयार गर्ने वा सम्हाल्ने भन्ने बिषयमा प्रष्ट पारिएको थियो ।

अप्ठ्यारो परिस्थितिमा बलत्कार, हत्या, लुटपाट जस्ता कुनै पनि हिंसा भएमा त्यसको सामना कसरी गर्ने भन्ने बिषयमा पहिले आफ्नो आत्मा बलियो बनाउने कमजोर नहुने र टेक्नीकल कुराहरुको प्रयोग बाट त्यस घटना बाट जोगिने बारे तालिमम दिएको प्रशिक्षकहरुले जनाएको छ । आत्मा रक्षा भनेको बल होइना दिमाग हो, कुनै पनि विपदमा आफ्नो आत्मा कमजोर हुने बित्तिकै शरिर कम्जोरी हुने र त्यो अवस्था सम्म घटनाहरु घटि सक्ने भएको हँदा आफ्नो सुरक्षाको पहिलो पाटो नै आत्मा सुरक्षा अर्थात आत्मावल रहेको तालिमा सिकाइएको छ ।

कुनै पनि हिंसामा परेको अवस्थामा आत्मा बलियो भए शरिर पनि बलियो हुने र त्यो बेला आफुले सिकेका टेक्निकल कुराहरु प्रयोग गरी घटना बाट बच्न सकिने प्रशिक्षक निरोज न्यउपानेले बताउनुभयो ।

 प्रशिक्षक न्यउपानेले सहभागीहरुलाई ४ ओटा स्टेपहरु सिकाएको बताउनुभयो । पहिलो कुरा हिंसा हुनै नदिने यस बाट बच्न र बचाउन सचेत रहने यदि भएमा यसको निराकरण र न्याय के हो भन्ने बिषयमा सिकाइएको बताउनुभयो ।

उहाँले पहिलो स्टेपमा आफ्नो शक्ति र क्षमताको पहिचान गर्ने तरिका, दोस्रो समाज बारे परिचित गराउने ः परिवार, स्कुल र सामाजिक संञ्जालमा छोरा वा छोरी भएकै कारण हिंसामा पर्नु पर्नेे के कारण हो ? भन्ने बिषयमा, तेस्रो कानुनि विषय ः दुव्र्यवहार भयो अब कसरी कानुन सम्म पुग्ने र कार्वाही अगाडी बढाउने र न्याय पाउने भन्ने कुरा सहित चौथोमा यी ३ ओटै कुराहरु सिकिसकेपछि पनि जाने र वा नजानेर हिंसामा परेको अवस्थामा त्यो बेला भने शारिरिक रुपमा पनि प्रतिकार गर्न तयार हुनुपर्छ है भन्ने बारे ४ शिर्षकमा रहेर तालिम सिकाइएको बताउनुभयो । सहभागीहरुले तालिम लिसकेपछि आत्मा रक्षा बारे ठुलो ज्ञान प्राप्त भएको जनाउनु भएको छ । आत्मा रक्षा भनेको बल नभई बुद्धि र प्राविधिक ज्ञान रहेको सहभागीहरुको बुझाई छ ।

आत्मा रक्षा भन्ने बित्तिकै दुश्मनलाई बल प्रयोग गरी ढाल्नु पर्छ भन्ने बुझेको थिए तर आत्मा रक्षा भनेको आफ्नो मनोवलको रक्षा गर्नु र मजबुद बनाउनु रहेछ । यो तालिमले मलाई मेरो भौतिक बल भन्दा पनि कयौँ गुणा आफ्नो रक्षा गर्ने सिकाएको छ, सहभागी डिक बहादुर लुङगेली मगरले भन्नुभयो ।

अर्का सहभागी पवित्रा मगरले पनि आफु परक क्षमताको ब्यक्ति भएर पनि यस आत्मा रक्षा तालिमले मजबुद बनाएका सुनाउनुभयो ।  आफु अपाङगता रहेको अवस्थामा आत्मा रक्षा बारे नबुझ्नाले निकै बोझ महशुस गरेकी उहाँले यस तालिमले आत्मा रक्षा बारे राम्रो बुझाएको र आफु पनि सक्षम रहेको बिश्वास दिलाउनुभयो ।

आत्मावल रहे धेरै कुराहरुको विबेक पुराउन सकिने हँदा आफु कम्जोर नभई परिस्थितिको सामना गर्नु आत्मावलको रक्षा गर्नु पर्ने उहाँले बताउनुभयो ।

अर्का सहभागी सुस्मा कुमारी सार्कीले आत्मा रक्षा भन्ने शब्दको अर्थ पहिलो चोटी यस तालिमबाटै बुझेको बताउनुभयो ।उहाँको बुझाई पनि अन्य साथीहरुको जस्तै रहेछ । कुनै पनि घटनामा दुश्मन वा पिडकहरु बाट बच्नु छल्नु र उम्किनो आत्मा रक्षा भन्ने बुझेकी उहाँले त्यो बुझाई तालिम पश्चात बिल्कुलै फरक रहेको बताउनुभयो ।

आत्मा रक्षा कुनै ज्यान बचाउनु नभई हरेक समस्यामा पहिले आफु मजबुद हुनु पर्ने रहेछ उहाँले भन्नुभयो । आत्मा बल जति बलियो भयो भने परिस्थितिलाई पार लगाउन सकिने रहेछ । आत्मा वल सँगै आफ्नो सिपलाई प्रयोग गर्ने बित्तिकै जस्तो सुकै वलवानहरुलाई पनि ठेगान लाउन सकिने र त्यस्तो घटनाहरु देखि बच्न सकिने उहाँको बुझाई छ । यस ४ दिने तालिमको समन्वय रौतामाई गाउँपालिकाले गरेको छ । “उपेक्षा, दुव्र्यवहार र हिंसा बिरुद्धको व्यवस्थापनका लागि किशोरकिशोरीहरुको सशक्तिकरण” नारा सहित तालिमको आयोना गरिएको संस्थाले जनाएको छ ।

यस तालिमले किशोरकिशोरीको संरक्षण तथा आत्मा रक्षाका लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै हिंसा समेत न्युनिकरणमा सहयोग पुग्ने उपस्थित बक्ताहरुले जनाएको छ ।