
पूर्णपुष्टि, भदौ ४
उदयपुरमा बालिका करणी गरी फरार रहेका एक ६४ वृद्ध शुक्रबार पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१० की १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका वृद्धलाई शुक्रबार बिहान २ बजेको समयमा त्रियुगा नगरपालिका–१५ हुवासबाट प्रहरीले पक्राउ गरेको हो ।
साउन १२ गतेको सो घटना करणी पछी कसैलाई हल्ला फैलाएमा मार्ने धम्की दिएपछि बालिकाले तत्काल कसैलाई भन्न नसकेको र १५ गतेको दिन बालिकालाई अत्याधिक पिडा भएपछि आमालाई सुनाइन् ।
छोरीले घटना सुनाएपछि आमाले प्रहरीलाई तत्काल खबर गरिन् । खबर पाउन साथ जिल्ला प्रहरी कार्यालय उदयपुरको अनुसन्धान टोली घटना स्थल गई अनुसन्धान पश्चात फरार रहेको अवस्थामा वृद्धलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।
गौतमका अनुसार पक्राउ परेको व्यक्तिलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ ।

