पूर्णपुष्टि, मङ्सिर ५ ।
मतगणनाका लागि उदयपुुर क्षेत्र नं. १ को मुुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्बदलीय बैंठक सुुरु गरेको छ । मतगणना स्थल गाईघाटको त्रियुुगा मावि प्राङ्गणमा बैंठक राखेको हो । बैंठकमा विभिन्न पार्टीका तथा स्वतन्त्र उम्मेदवार तथा पार्टी प्रतिनिधिहरुको सहभागिता छ । प्रमुुख जिल्ला अधिकारी लगायतका सुरक्षा प्रमुखहरुसमेत सहभागि छन् । बैंठकले मतगणनाको समय तय नर्गे र गणनालाई ब्यवस्थित, मर्यादित र पारदर्शी बनाउने बारेमा छलफल गरी निष्कर्ष निकाल्ने जनाइएको छ ।
गएराती २ः३० बजेसम्ममा संकलन पूरा भएपछि उदयपुरमा गणना आजदेखि हुने भएको हो ।
जिल्लाको १०१ स्थानमा २६४ मतदान केन्द्रबाट संकलित १०५६ मतपेटिकाहरु गणनास्थलमा सुरक्षित राखिएका छन् । १ नं। क्षेत्रको त्रियुगा मावि गाईघाट र २ नं। को उदयश्री क्याम्पस कटारीमा गणना हुने जनाईएको छ । मतपेटिका सुरक्षा तथा गणनाका लागि सुरक्षा ब्यवस्था कडा पारिएको जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयलले बताए ।
