
उदयपुर/बैशाख, ३१
जिल्ला समन्वय समिति उदयपुरले बिभिन्न संञ्चार माध्यमहरुमा उदयपुरलाइ लकडाउन खकुलो बनाउने कुरा आएको भन्दै जिल्ला समन्वय समिति उदयपपुरले बुधबार पत्रकार संम्मेलन गरी स्पष्ट पारेको छ ।
जिल्लालाई लकडाउन खकुलो बनाउन नभइ मावदण्ड अनुरुप सामाजिक दुरी कायम गरी दैनिक आवश्यकताको लागि मानिस जिवनयापनलाई सहज बनाउने निर्णय भएको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले बताए ।
उनले बैशाख २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुरुप कृषि तथा पशुजन्य, स्वास्थ्य सेवा, ढुवानी सेवा, विकास आयोजना, सार्वजानिक सेवा, उद्योगिक उत्पादन, राजमार्गका होटल तथा रेष्टुरेन्ट र व्यवस्थापकीय कार्य सँग सम्बनिधत क्रियाकलाप संञ्चालन गर्ने अनुरुपकै जिल्लामा बैठक गरी निर्णय गरेको बताए ।
बैशाख २८ गते जिल्ला समन्वय समितिले राखेको बैठकमा प्रदेश सांम्सदहरु, पालिकाका प्रमुख तथा उप–प्रमुखहरु, सरकारी कार्यलयका प्रमुखहरु, जनप्रतिनिधि तथा सम्पूर्ण सम्बन्धित सरोकारवालाहरु सहितको उपस्थितिमा समन्वयको हलमा भएको समन्वयात्मक बैठकले यस्तो निर्णय गरेको प्रमुख परियारले बताए ।
लकडाउनलाई प्रभावकारी बनाउनु पर्ने यस समयमा मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रिय योजना, प्रदेशिक योजना, स्थानीय तहका आयोजना सरकारी तथा निजी क्षेत्रका योजनाहरु कार्यन्वयन गर्नका लागि सम्बन्धित कार्यलयको समन्वयमा जिल्ला प्रशासन कार्यलय उदयपुरले सहजीकरणको व्यवस्थाको निर्णयलाई लकडाउन खकुलो बनाइएको भनेर संञ्चार माध्यमहरुमा आएको प्रमुख परियारले बताए ।
उनले लकडाउन खकुलो भयो भन्ने समचारहरु सँग भ्रम नपर्न र सरकारले लगाएको अवधि सम्म लकडाउनको उच्च पालना गर्न सबै नागरिकहरुलाई अनुरोध गरेको छ ।
