
पूर्णपुष्टि, चैत १३
उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । बेलका नगरपालिका–४ गुरुङ चौरीबाट लागुऔषधसहित स्थानीय ३५ वर्षीय अर्जुन राई पक्राउ परेको हो ।
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका विशेष प्रहरी टोलीले राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट नाईट्राभेट १० लेखिएको १३ ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका राईमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
