
पूर्णपुष्टि, फागुन २२
उदयपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–११ घर भई त्रिनपा–१३ को तरकारी बजारमा गमलाको पसल गर्ने प्रमिला सहनीको पसलबाट लागुऔषधसहित तीन जना पक्राउ परेका हुन् ।
प्रमिलाको पसलमा लागुऔषध गाँजा विक्रि वितरण भईरहेको छ भन्ने सुचनाको आधारमा खटेको विशेष प्रहरी टोलीले सिराहा जिल्लाको लहान नगरपालिका–१७ घर भई हाल त्रिनपा–११ बस्ने ५५ वर्षीय राजकुमारी सहनी, २५ वर्षीय प्रमिला सहनी र २० वर्षीय लक्ष्मण सहनीलाई चार सय ग्राम गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
