पूर्णपुष्टि, मंसिर १४
उदयपुरको कटारी नगरपालिका–६ साँगुरी स्थितबाट अवैध लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउपालिका–२ का २७ बर्षिय सरोज राई रहेका छन् ।
आज बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले संकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्रममा ६० किलोग्राम गाँजा बरामद गरेको हो । अवैध लागुऔषध गाँजा बरामद भए संगै पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।
