
पूर्णपुष्टि, साउन १४
उदयपुरमा विभिन अपराधिक घटनामा संलग्न रहेका पाँच जना फरार प्रतिवादिलाई वुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना असुल उपर गर्ने फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
वुधबार करिब साढे पाँच बजेको समयमा जिल्ला प्रहरी कार्याल उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला अदालत उदयपुरबाट लागुऔषध गाँजा केसमा २८ दिन कैद र २ हजार जरीवाना फैसला भएको एक जनालाई प्रहरीले बेलका नगरपालिका–८ सेतिखोला स्थितबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–८ चुहाडे बस्ने ६६ वर्षीय पुर्ण बहादुर बिष्ट रहेको छ ।
वुधबारै करिब साढे आठ बजेको समयमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरबाट खटिएको विषेश प्रहरी टोलीले अपराधिक उपद्र गरेका कसूर मुद्दाका बेलका–९ का धौरी टोल बस्ने २७ वर्षीय मन कुमार राई, बेलका–३ जाल्पादेवी टोल बस्ने ३५ वर्षीय बच्चे भन्ने भिम बहादुर बस्नेत, सोही स्थानका २८ वर्षीय शंकर खत्री र २४ वर्षीय विनोद बस्नेतलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत उदयपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतमले बताउनुभयो ।
