Thursday, May 28News That Matters

सिवाई र मुथियाईको स्वाप नमुनाको रिर्पाट ‘नेगेटिभ’

पूर्णपुष्टि, बैशाख १३ गते । 

उदयपुरको सिवाई र मोथियाईमा संकलन गरिएको स्वाव नुमुना परिक्षणबाट रिर्पोट नेगेटिभ आएको छ । गत बैशाख ११ गते प्रदेश स्वास्थ्यकर्मी टोलीले चौदण्डिगढी नगरपालिका–५ सिवाई र त्रियुगा नगरपालिका–१ मुथियाईबाट ७८ जनाको स्वाव नमुना सकलन गरेको थियो ।

संकलन गरेको स्वाव नुमना कोशी अस्ताल विराटनगरमा परिक्षण गरिएको थियो । स्वाव नुमना परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरे बताउनुभयो । शनिबार कोरोना ग्रस्त क्षेत्रको अनुगमन गर्ने क्रममा विहिबार संकलन गरिएको स्वाव परिक्षणमा सवैको रिर्पोट नेगेटिभ आएको बताउनुभयो ।

वडा नं. ५ सिवाईको रामजानकीटोल, टोकनीटोल अजगरा, बडेरुवाटोल सुन्दरपुर र वडा नं. ९ को पूर्वटोल ज्यामिरे कदमगाछीबाट ५८ जना र त्रिनपा–१ मोथियाईबाट २० जनाको स्वाव नमुना संकलन गरिएको थियो ।

उक्त टोलबाट संकास्पद मुस्लिम समुदायका मानिसहरुको स्वाव संकलन गरिएको थियो । चिया पसल, किराना पसल र अन्य व्यवहारिक हिसावले उनीहरुसंग सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको पनि स्वाव संकलन गरिएको थियो ।