
पूर्णपुष्टि, वैशाख ३१ ।
विश्व महामारीको रुपमा फैलिएको नयाँ प्रकारको कोरोनाले उदयपुरको सबै क्षेत्रका मानिसलाई संक्रमित पारेको छ । सर्बसाधारण नागरिकदेखि स्वास्थयकर्मी, राष्टसेवक कर्मचारी, शिक्षक, ब्यवसायी, संचारकर्मी, जनप्रतिनिधि लगायत सबै क्षेत्रमा संक्रमण फैलिएको स्थानीय प्रशासनले जनाएको छ ।
उदयपुरमा कोरोना समुदायस्तरमा नै तिब्र फैलिएकाले सबै क्षेत्रलाई छोएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताउनुभयो । समुदायस्तरमै फैलिएकाले कोरोना संकट जिल्लामा देखिएको छ । यसबेला सबै नागरिकले सचेत र सतर्क भई आप्mनो ठाउँबाट नियन्त्रणमा भूमिका खेल्नुपर्ने हुन्छ । प्रशासनले सबै नागरिकलाई यसप्रति अनुरोध गर्दै लापरवाही नगर्न र घरमा बस्न आव्हान गरेको छ । निशेधाज्ञको पूर्ण पालना गर्दै कोरोना विरुद्ध लड्न आव्हान गरेको छ ।
