पूर्णपुष्टि, मंसिर २०
उदयपुरमा प्रत्यक्ष तर्फ प्रदेशसभामा कुनै पनि सिट हाँसिल नगरेको एमालेले समानुपातिक तर्फ भने दुई सिट पाउने संम्भावना रहेको छ । उदयपुर सहित प्रदेश नं १ मा एमालेलाई प्राप्त भएको मत परिणाम सँगै जातिय कोटा महिला कोटाको आधारमा प्रदेश सभा सदस्य तर्फ यहाँका दुई महिलाको बलियो संम्भावना देखिएको छ । प्रदेश नं १ भरीनै एमालेले पाएको मत र कोटाको कारणनै उदयपुरबाट सिर्जना दनुवार र गिता रेग्मीको बलियो सम्भावना देखिएको हो ।
अहिले उनिहरुलाई सामाजिक संञ्जालहरुमा बधाईको ओईरो लागिरहेको छ । तर एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेका अनुसार अहिलेनै कुनै पनि आधिकारीक घोषाणा सार्वजानिक नभएको जनाए । सामाजिक संञ्जाल, केहि समचार माध्यम र केही व्यक्तिहरुले भने उनिहरुलाई छनोट परेको भन्दै बधाईदिन हतारो भैरहेको देखिन्छ । अध्यक्ष घिमिरेले सामाजिक संञ्जाल र केहि संञ्चारमाध्यमहरुले समानुपातिक मत परिणाम, जातिय कोटाको आधारमा प्रदेश नं १ भरीनै हिसाव निकालेर प्रतिशतको अनुमा समचार लेखेको र बधाई दिन थालेको जनाए । घिमिरेले पनि यी दुई महिलाहरुको प्रदेश सदस्यमा प्रवल सम्भावना भने भने रहेको जनाएको छ । निर्वाचन कार्यालयले आधिकारीक घोषणा गरेको छैन् । उनिहरुको सम्भावना भने प्रचुर रहेको छ, घिमिरेले भने” “ उक्त घोषणा सामानुपाति निर्वाचण ऐन नियम प्रक्रियाकै आधारमसम्पूर्ण मत परिणाम आईसकेपछि मात्रै गर्ने घिमिरेले जनाए । हाल उदयपुर सहित प्रदेश नं १ को समानुपातिक मत केन्द्र तर्फ पठाईसकिएको कुरा पनि घिमिरेले जानकारी गराए ।
यता कांग्रेस र माओवादीबाट पनि दुई महिलाहरुको नामा सामाजिक संञ्जालहरुमा व्यापक भैरहेको छ । प्रदेश तर्फ कांग्रेसकी लिला कुमारी राई र माओवादी बाट सम्झना तामाङ्को नाम पनि सम्भावनाको रुपमा अगाडी आएको छ ।
