Saturday, May 16News That Matters

उदयपुरमा स्वतन्त्र श्रमिक समिति गठन

पूणर्पुष्टि, भदौ २३ 

श्रमिकहरुको हितमा आवाज उठाउने उदेश्यले उदयपुरमा स्वतन्त्र श्रमिक समिति संगठन शनिबार गठन गरिएको छ । टिकाराम राईको अध्यक्षतामा २१ कार्यसमिति सहित संगठन तयार गरिएको हो ।

नेपाली समाजमा अझै पनि मजदुरहरुको हकहितमा कुनै पनि क्षेत्र, राज्यले आवाज नउठाउने र हरेक सेवा सुविधाहरुमा व्यवस्ता गरी मजदुर सँधै अन्याय र अत्याचारको सिकार भएको पिडालाई लिएर संगठन तयार गरिएको समितिले जनाएको छ ।

मजदुरहरु जिवनयापनको लागि ठुलो संघर्ष गर्नु पर्ने, रात दिन पसिना बगाएर आफुलाई बचाउनु पर्ने अवस्थामा ठेकेदार मालिकहरुबाट आफ्नो पारिश्रमिक नपाउँदा  बाँच्ने आधार नै नहुने हुदा यसको लागि कुनै पनि निकाय र राज्यले आवाज नउठाउँदा आफुहरु सँधै मारमा पर्ने गरेको समितिका अध्यक्ष टिकाराम राईले बताउनुभयो । त्यस्ता व्यक्तिहरुलाई कार्वाही नगर्दा देशका कयौँ मजदुरहरु अन्यायमा परेको अध्यक्ष राईले बताउनुभयो ।

उहाँले बिभिन्न तहको ठेकेदारहरुले आफ्नो परिश्रमको पारिश्रमिक बाट बन्चित भइरहेको गुणासो गर्नुभयो । देशमा सबै भन्दा बढी संघर्ष गरेर बाँच्ने भनेकै मजदुरहरु रहेको हुदा उनिहरुको निम्ति कसैले पनि नबोल्ने भन्दै यो समितिले यसको विषयमा खण्डन गर्ने बताउनुभयो ।

अझै पनि लाखौँ मजदुरहरु पारिश्रमिक बाट बन्चित भइरहेको अवस्था छ । समितिले आम स्वतन्त्र मजदुरहरुको बारेमा आवाज उठाएर मजदुरहरुलाई आत्मामनोवल र बाच्ने आधारमा सहयोग पुराउने जनाएको छ ।

श्रमिकलाई पेन्सनको व्यवस्था, विमाको व्यवस्था र मजदुर पेसा अति जोखिम कार्य रहेको हुँदा सुरक्षाको ग्यारेन्टी समेतको एजेन्डा सरकार सँग माग गर्ने समितिले जनाएको छ ।

गणतान्त्रिक सम्पर्क समन्वय समिति नेपालका केन्द्रिय सदस्य सिव राईको प्रमुख आथित्यतामा समिति गठन गरिएको हो ।