
पूर्णपुष्टि, फागुन २७ ।
हाेली पर्वकाे दिन उदयपुरमा नियम उलङ्घन गर्ने १७ माेटरसाईकलसहित २२ जना प्रहरी नियन्त्रनमा परेका छन् । २२ मध्ये ४ जना महिला रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार हाेलीका दिन नियम उलङ्घन गरि माेटरसाईकलमा ३ जना चढ्ने, मादक पदार्थ सेवन गरेर हाेहल्ला गर्नेहरुलाई नियन्त्रनमा लिएकाे हाे । प्रहरीले सम्झाउने र सचेत गराउने काम गर्दा पनि अटेर गरि नियम उलङ्घन गरेकाले उनीहरुलाई नियन्त्रनमा लिएकाे हाे ।
नियन्त्रणमा परेकाहरुलाई अनुसन्धान गरि सामान्य अबस्थाकालाई छाडिने र गल्ती गरेकालाई गल्ती अनुसारकाे कारवाहि हुने उहाले बताउनुभयाे ।
हाेलीमा भिडभाड नगर्न, हाेहल्ला नगर्न, अस्वभाविकढंगले हाेली खेल्न गरेकाे निषेधलाई भने सर्वसाधारणले पालना गरेकाे उहाले बताउनुभयाे । सदरमुकाम गाईघाटमा दुई, चार जना हुँदै भिड हुन लागेकाे अबस्थामा प्रहरीले सम्झाउने र भिडलाई हटाउने काम प्रहरीले गरेकाे थियाे । घर वा हाेटलमै पनि ठूलाे अावाजमा डिजे बजाउने र नाच्ने कामलाई पनि सम्झाई बुझाई बन्द गरिएकाे एसपी मगरले बताउनुभयाे ।
समग्रमा हाेली पर्व भने सभ्यरुपले सम्पन्न भएकाे जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराइका अनुसार काेरना भाईरसकाे सम्भावित संक्रमणप्रति सावधानि अपनाउदै सामान्यरुपमा हाेली खेल्ने र शुभकामना अादान प्रदान गर्ने काम सभ्यरुपमा भयाे ।
बाहिर बजारमा धुमधामका साथ नाचगान र विशेष कार्यक्रम गर्दै मनाइने हाेली यश वर्ष सामान्यरुपले मनाइएकाे हाे । सर्वसाधारणले घरघरमा पर्व मनाए । मधेसी समुदायकाे विशेष हाेलीपर्वलाई घरघरमै मनाए ।
