
पूर्णपुष्टि, साउन १६
जिल्ला ट्राफिक कार्यालय उदयपुरले १ बर्षको अवधिमा १ करोड २६ लाख बढी राजश्व संकलन गर्न सफल भएको छ । आर्थिक बर्ष २०७७/७८ मा कार्यालयले बिभिन्न २ पांग्रे तथा ४ पांग्रे सवारीहरु बाट १ करोड बढी राजश्व संकलन गर्न सफल भएको हो ।
यस बर्ष पनि साना तथा ठुला सवारीहरु ट्राफिक कार्वाहीमा परेको छ । ट्राफिक कार्यालय उदयपुका अनुसार आर्थिक बर्ष २०७७/७८ मा ३०५९ ओटा ट्रक, १५४२ ओटा टिफर, ५६१ ओटा बस, ३५८७ ओटा जिप, १७१२ ओटा ट्याक्टर, २१४१ ओटा अटो र ७९७० ओटा मोटर साईकल कार्वाहीमा परेको छ । कार्यालयका अनुसार सबै भन्दा बढी २ पांग्रे सवारी मोटर साईकल ट्राफिक कार्वाहीमा परेको छ भने सबै भन्दा कम ४ पांग्रे सवारी बस कम कर्वाहीमा परेको छ । त्यस बाहेककोे अन्य सवारीहरु भने २८ ओटा ट्राफिक कार्वाहीमा परेको छ ।

कार्यालयले मोटर साईकल बाट सबै भन्दा बढी यस बर्ष ५० लाख २५ हजार ५ सय राजश्व संकलन गरेको छ । यसै गरी अन्य सवारीहरु जिप बाट २१ लाख ३३ हजार, अटो बाट ११ लाख ९५ हहजार ५ सय, ट्याक्टर बाट १० लाख ६५ हजार, टिफर बाट ९ लाख ४३ हजार ५ सय, ट्रक बाट १ लाख ८८ हजार ५ सय र अन्य सवारीहरु बाट २१ हजार राजश्व संकलन गरी १ करोड २६ लाख ५ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक कार्यालय उदयपुले जनाएको छ ।
७७/७८ मा सबै भन्दा बढी चैत्र महिनामा १४ लाख ६५ हजार राजश्व संकलन भएको छ भने सबै भन्दा कम जेष्ठ महिनामा २ लाख ४ हजार राजश्व संकलन भएको छ ।

कार्यालयका ट्राफिक ईन्चार्ज लिलाराज श्रेष्ठका अनुसार लकडाउनका कारन ट्राफिकहरुले सहजताका साथ सवारीहरुको निगरानी गर्न नपाएको बताए । श्रेष्ठले लकडाउनमा चेक जाँचको काम पूर्ण रुपमा हुन नसकेको भएपनि कर्यालयले रामा्रे राजश्व संकलन भने गरेको बताए ।
श्रेष्ठले बढी राजश्व संकलने राज्यलाई फाईदा पुग्ने भएपनि यसरी बढी मात्रामा सवारीहरु कर्वावाहीमा पर्नु भने राम्रो नभएको बताए । ट्राफिक कार्वाही राम्रो संकेत हैन् तर गल्ती गर्नेहरुलाई त्यसै पनि छाड्न नमिल्ने हुँदा कर्वाही बापतको राजश्वले भने फेरी उता राज्यलाई सहयोग पुग्ने श्रेष्ठको भनाई छ ।
कार्वाहीको संकेत लापर्वाही भनेर बुझिने हुँदा सवारीहरुलाई नियम विपरिद नचलाउन र आउँदो समयमा कार्वाहीको संख्या घटाउन सबै सावारी चालकहरुलाई सुरक्षित सवारी चलाउन र प्रयोगका गर्न इन्चार्ज श्रेष्ठले अनुरोध समेत गरे ।
