Monday, April 20News That Matters

उदयपुरमा ३ संक्रमित थपिए, ३३२२ संक्रमण मुक्त

पूर्णपुष्टि, भदौ २०
उदयपुरमा आज (आइतबार) थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २ पुरुष र १ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ४५५ जना पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा नगरपालिका र लिम्चुङबुङ गाँउपालिकाका रहेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १२ का १ जना ७० वर्षीय पुरुष र वडा नम्बर ११ का २७ वर्षीया १ महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लिम्चुङबुङ गाउँपालिका वडा नम्बर २ का १ जना बालकमा संक्रमण देखिएको छ ।
जिल्लामा कोरोनालाई जितेर १ हजार ७९७ पुरुष र १ हजार ५२५ महिला गरी कुल ३ हजार ३२२ जना रहेका छन् । हाल जिल्लामा सक्रिय संक्रमित ३७ पुरुष र ४४ महिला गरी ८१ जना मात्र बाँकी रहेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । जिल्लामा कोरोनाले ३६ महिला र १६ पुरुष गरी कुल ५२ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।