
पूर्णपुष्टि,वैशाख १२
उदयपुरको कटारीमा ४ वर्षीय एक बालमो खोलामा डुबेर शनिवार ज्यान गएको छ । कटारी नगरपालिका–७ रतनपुर वस्ने पूर्ण बहादुर मगरको छोरो रितेश कुमार मगरको खोलामा डुवी ज्यान गएको हो ।
बालक घर देखी १ कि.मि.पश्चिममा रहेको तावा खोलामा नुहाउने क्रममा डुवी रहेको अवस्थामा निजकै साथिहरुले घरमा जानकारी गराईएका थिए । जानकारी पाएलगत्तै खोलाबाट बालकलाई निकाली उपचारको लागी कटारी अस्पतालमा लगि चेकजाँच गराउदा बालकको मृत्यु भई सकेको भन्ने खबर ईलाका प्रहरी कार्यालय कटारीमा प्राप्त भएको थियो । खबर पश्चात ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायव उपरिक्षकसहितको टोली खटी गई कानूनी प्रकृया तथा थप अनुसन्धान कार्य पुरा गरी लास कटारी अस्पतालमा पोष्ट मार्टम पश्चात आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
