Wednesday, June 3News That Matters

उदयपुरमा ६० वर्षीया वृद्धाको पोखरीमा डुबेर मृत्यु

पूर्णपुष्टि, कार्तिक ३ गते ।
उदयपुरमा एक जना ६० वर्षीया वुृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ । जिल्लाको त्रियुगा नगरपलिका–६ जलजलेस्थित रानी पोखरीमा डुबेर सोही नगरका वडा नं. ५ श्रीपुरकी दैया परियारको ज्यान गएको हो ।
गाईबस्तु चराएर घर फर्काउने बेला हातखुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर ज्यान गएको अवस्थामा अन्य गोठालाले फेला पारेका हुन् ।
गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी परियारको इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले उद्धार गरी बाहिर ल्याउदा ज्यान गइसकेको थियो ।
मृतकको शब उदयपुर अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले बताए ।