
पूर्णपुष्टि, जेष्ठ २१
उदयपुरमा आज (शुक्रबार) थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय २९ जना पुगेको हो । ३२ पुरुष र ३२ महिलामा आज संक्रमाण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरकाअनुसार आज त्रियुगा नगरपालिका, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा संक्रमण पुष्टि भएको छ ।
सबै भन्दाबढी त्रियुगामा २४ पुरुष र १९ महिला गरी ४३, लिम्चुङबुङमा ७ पुरुष र १० महिला गरी १७ र रौतामाईमा ३ महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
आज जिल्लामा थप एकजना महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा चौदण्डीगढी नगरपालिका–६ का ४४ वर्षीया महिला रहेकी छिन् । योसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना जितेर आज थप १० जना संक्रमति घरफर्किएसँगै १ सय ५९ पुरुष र १ सय १४ जना महिला गरी २ सय ७३ पुगेको हो । जिल्लाभर सक्रिय संक्रमितको संख्या ६ सय ९ र ५ सय ८ गरी १ हजार १ सय १७ रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।
