Tuesday, August 11News That Matters

उदयपुरमा ६ जुुवाडे पक्राउ

पूर्णपुष्टि, चैत १२

उदयपुरको चौदण्डीगढीमा जुवा खेलिरहेका ६ जना जुवाडे पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालीका–४ बसाह स्थित नन्दु थापामगरको घरमा जुवा तास खेल भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधबार ६ जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालीका–४ बसाह बस्ने ३८ वर्षीय नन्दु थापामगर, ३६ वर्षीय उमेश घिमिरे, ३२ वर्षीय भाईकुमार राई, सप्तरी सप्तकोशी नगरपालीका–१ का ३७ वर्षीय कुमार राई, ४९ वर्षीय ढक बहादुर मगर, अग्नीसाईर कृष्णशरन गाउँपालिका–४ का ४० वर्षीय बिनोद कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनीहरुको साथबाट मोबाईल ६ थान, तास ३९ बुङ्, रु ३४,००० (चौतिस हजार) नगद समेत बरामद भएको छ ।

पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई  थप अनुसन्धान भई रहेको छ ।