
पूर्णपुष्टि, बैशाख १४ गते ।
उदयपुरमा कोरोना संक्रमित फेला परेसँगै शंकास्पद व्यक्तिहरुको परिक्षण कार्य फराकिलो परिएको छ । यसै क्रममा आज ८३ जनाको स्वाव नमुना संकलन गरिएको हो ।
जनस्वास्थ्य कार्यालय उदयपुरद्धारा जिल्ला अस्पताल उदयपुरको प्राविधिक टोलीले शंकास्पद ४० महिलासहित ८३ जनाको स्वाव नमुना संकलन गरेको हो ।
भुल्के, गाईघाट, देउरी, जलजले लगायतका शंखास्पद व्यक्तिहरुको स्वाव संकलन गरिएको हो । यहि स्वास्थ्यकर्मी टोलीले सवै भन्दा पहिले भुल्केको नुरी मस्जिदबाट १६ जनाको स्वाव लिएर परिक्षणको लागी पठाएको थियो ।
यस अघि विशेष संक्रमित क्षेत्र भुल्केबाट तीन सय ३७ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा सो ठाउबाट २८ जना संक्रमित पुगेको थियो । संक्रमित फैलिएको आशंकामा चौदण्डिगढीको सिवाई र सुन्दरपुरबाट ५८ जनाको स्वाव संकलन गरि परिक्षण गर्दा सवैको नेगेटिभ रिर्पोट आएको थियो । त्यसैगरी त्रियुगा नगरपालिका–१ मोथियाईबाट २० जनाको स्वाव लिएको त्यसको पनि रिर्पोट नेगेटिभ आएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण त्यो पनि नेपालमै ठूलो संख्यामा उदयपुरमा फेला परेपछि परिक्षणको दायरा फराकिलो पारेको जन स्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
