पूर्णपुष्टि, मंसिर ९
उदयपुर क्षेत्र नं १ (ख) मा गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका हिमाल कार्की बिजयी बनेको छ । उनले नेकपा एमालेका इश्वरमणी राउतलाई २१५ को झिनो मतान्तरले हराउँदै जित हासिँल गरेको हो । कार्कीले १४९७९ मत पाउँदा राउतले १४७६४ मत पाएका थिए । उनिहरु बिच अन्तिममा कडा प्रतिस्पर्धा चलेका थिए । सुरुवाती अग्रता कायम राखेका कार्कीले बिचमा निकै मतान्तर बढाएका थिए । अन्तिममा राउतले जित निकाल्नेमा पनि दावी राख्दै आएका थिए । पछिल्लो मत परिणामा राउत २१५ मतात्तरले पराजय भएको हो । यो क्षेत्रमा प्रदेश तर्फ दुवै गठबन्धनले जित निकालेका छन् भने केन्द्रीय प्रतिनिधि तर्फ पनि कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले अग्रता बढाउँदै गएका छन् । दिउसो मात्रै प्रदेश (क) माओवादी केद्रका राजन किराँतीले जित निकाली सकेको छ ।
