पूर्णपुष्टि, मंसिर ६
उदयपुरको क्षेत्र नं १ को पद्रदेश (ख) मा गठबन्धनका उम्मेदवार कांग्रेसका हिमाल कार्कीले निरन्तर अग्रता कायम राखेको छ । मतगणना देखीनै अग्रता ललिएका कार्कीले हालको मत परिणाम अनुसार २८२८ मत प्राप्त गर्दा एमालेका इश्वरमणी राउतले २२५७ मत मात्र प्राप्त गरेको छ । कार्की गठबन्धनबाट उम्मेदवार हुन् भने राउत एमालेका उम्मेदवार हुन् । कार्कीले राउतलाई ६०१ मतले पछि पारेको छ । त्रियुगा नमुना माविमा मतगणना निरन्तर चलिरहेको छ ।
