
उदयपुर
पूर्णपुष्टि,भाद्र १४ । उदयपुर प्रवासी सेवा समाज दोहा कतारको सातौ साधारण सभा आगामी सेप्टेम्बर ८ तारिख शुक्रबार गरिने भएको छ । प्रवासी सेवा समाजको समितिले गत जुलाइ १४ तारिखमा वैठक राखी उक्त निर्णय गरेको हो ।
“एतिहासिक सम्पदा शान्त सुन्दर,हामि सबै मिलि अनाओं उदयपुर” भन्ने मुल नाराका साथ यस उदयपुर प्रवासी सेवा समाज दोहा कतारले बिगतको वर्षहरुमा बिभिन्न सामाजिक कार्यहरुमा सामाजिक दायित्व निभाउँदै आएको छ । मुलुकका श्रमको मुल्य मान्यता नभएकाले रोजीरोटीका लागि कतार आएका उदयपुर जिल्ला निवासी नेपालीहरुलाई भैपरी आएको खण्डमा आर्थिक,भौतिक र सामाजिक कार्यमा उक्त समाजले अब्वल भुमिका खेल्दै आएको छ ।
उदयपुर प्रवासी सेवा समाज, कतारका सचिब संजीप कटुवालले यक सामाजिक कार्यलाई निरन्तरता दिलाउँनको लागि ७औँ साधारण सभा गर्न लागेको बताए । उनका अनुसार सेप्टेम्बर ८ तारिख शुक्रबार ग्रीन रेष्टुरेन्ट (सफारी हाइपर मार्केट पछाडी) बिहानको १० बजे देखि हुँने बताए ।
