Thursday, June 11News That Matters

उदयपुर सिमेन्टको स्तरउन्नती र दिर्घकालीन संरक्षका लागि अन्तरक्रिया

 पूर्णुपुष्टि, असोज २४

उदयपुर सिमेन्ट उद्योग पछिल्लो समय खस्कीदो अवस्थालाई मध्यनजर गर्दै दिर्घकालिन संरक्षण र स्तरउन्नती विषयक शुक्रबार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

देशभक्त जनगणत्रान्त्रिक मोर्चा नेपाल जिल्ला कार्यसमिति उदयपुरको आयोजनामा क्रान्तिकारी माओवादी, नेकपा, नेपाली कांग्रेश, राप्रपा, माओवादी मजदुर पार्टी र नागरिक समाज लगाएतले यसको दिर्घकालिन संरक्षण र स्तरउन्नतिमा सम्बन्धित निकायले ध्यान पुराउनु पर्ने माग राख्दै अन्तरक्रिया गरेको हो ।

अहिलेको सरकार, कर्मचारी र माफियाहरुको संरक्षणका कारण देशकै गौरबको रुपमा परिचित उदयपुर सिमेन्ट उद्योग धरापमा परेको अन्र्तक्रियामा छलफल भएको छ ।

यस्तो ढंगले उद्योग संञ्चालन गर्ने कसैलाई पनि खबरदारी र सुधारका लागि आफुहरुले संघर्ष समेत गर्ने छलफलमा प्रस्तुत गरिएको छ । 

क्रान्तिकारी माओवादी पार्टीका केन्द्रीय सदस्य अमर नेपालीले उदयपुर सिमेन्ट उद्योगलाई जसरी पनि बचाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उद्योग आफ्नो निजि स्वार्थमा संञ्चालन भईरहेको भन्दै यो नागरिकहरुको सम्पत्ति रहेको बताउनुभयो । उद्योग कसैको व्यक्तिगत स्वार्थको सम्पत्ति नभएर उदयपुरको मात्र नभई देशकै गौरब रहेको हँदा यसलाई बचाउनु पर्ने बताउनुभयो । 

अन्र्तक्रियाले अब तत्काल उद्योगमा भएको नक्सान र यसको गतिविधि बारे आफुहरुले संघर्ष थाल्ने जनाएको छ । यसका लागि अमर नेपाली सहितको उदयपुर सिमेन्ट उद्योग सरोकार समूह समेत गठन गरिएको छ । यस सिमेन्ट उद्योग सरोकार समितिले उद्योग पूनसंरचनाको निमित्त पव्लीक कम्पनी बन्नु पर्नेमा जोड गर्ने र संस्थागत विकासका लागि पहल गर्ने उदेश्य सहित समूह गठन समितिले जनाएको छ । कार्यक्रममा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रिय सदस्य, नेकपाका दिपक राउत, नेपाली कांग्रेसका महेन्द्र चौधरी, राप्रपाका अमर थापा, माओवादी मजदुर पार्टीका जगत कटुवाल, नेपाल कम्युनिष्ट पार्टीका राम कुमार चौधरी र नागरिक समाजका तर्फबाट कृष्ण पराजुलीले भनाई राखेका थिए ।