Tuesday, July 7News That Matters

उदयपुर सुनचाँदी व्यवसायी संघको नेतृत्वमा काशीनाथ साह

पूर्णपुटि, माघ १ गते ।
उदयपुर सुनचाँदी व्यवसायि संघको नेतृत्वमा काशीनाथ साह चयन भएका छन् । सदरमुकाम गाईघाटमा सम्पन्न ५ औँ साधारणसभा तथा चौँथो अधिवेशनले साहको अध्यक्षतामा १७ सदस्य जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

अध्यक्ष पछिको दोस्रो, तेस्रो मर्यादाक्रममा रहने गरी समितिको सदस्यमा निवर्तमान अध्यक्ष गजेन्द्र वराईली र प्रकाश गजमेर रहेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रामप्रसाद विश्वकर्मा, प्रथम उपाध्यक्षमा सतिसकुमार साह, द्धितिय उपाध्यक्षमा सुरेन्द्र लुवागुन, महासचिवमा दिपककुमार साह, सचिवमा प्रदिप वराईली, कोषाध्यक्षमा रंजिता गजमेर र सहकोषाध्यक्षमा रामकुमार विश्वकर्मा रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायि महासंघका केन्द्रिय उपाध्यक्ष विपिन्द्र रामुदामुले सरकार व्यापारीको हितमा नरहेको आरोप लगाएका छन् । प्रतिकुल समयमा पनि निरन्तर व्यवसाय गर्दै आएका व्यापारीलाई सहुलियत ऋण, कर छुट जस्ता कार्यक्रम ल्याउनु पर्नेमा अझ कर र व्याजदर बृद्धी गरेर सकस बनाएको उनले बताए ।

उनले भने, ‘बाणिज्य बैंकहरुले आफुखुशी व्याजदर वढाउँदासमेत सरकारले चासो नदिँदा व्यापार व्यवसाय बन्द गर्नु पर्ने अवश्था आएको छ । ‘एकातर्फ सुनको मुल्य उच्च हुँदा व्यवसाय ठप्प छ, उनले भने, ‘अर्कोतर्फ बैंकको व्याज र सरकारी कर चर्कोरुपले बढाइएको छ, यसले कोही व्यापारीले व्यवसाय गरेर खानसक्ने अवश्था छैन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विक, त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली लगायतका वक्ताहरुले व्यापार व्यवसायमा शुद्धतामा खाँचो रहेको औल्याए ।

कार्यक्रममा जिल्ला स्थित सुनचाँदी व्यवसायलाई योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । समितिको सदस्यमा राजेन्द्र पुर्वे, रंजित खाती, राम गजमेर, आयुष वराईली, सन्तोष गदाईली, प्रनिश साह, गितादेवी साह रहेका छन् । त्यसैगरी सल्लाहकारमा लालबहादुर विक, श्रवण विक, सन्तोषप्रसाद स्वर्णकार, राम वराईली, डिवि लामिछाने र कानुनी सल्लाहकारमा सोमनाथ ढुंगाना रहेका छन् ।