Friday, May 8News That Matters

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छैठ समापन

उदयपुर, कात्तिक १७ गते । 

छैठको अन्तिम दिन उदाउँदो सूर्यलाई विधि पूर्वक अर्घ दिएर आईतबार छैठ समान भएको छ । तराईका विभिन्न नदि, ताल, पोखरी, खोला लगातका पानीको स्रोत भएका ठाउँहरुमा राती जागामबसी विहान उदाउँदो सुर्यलाई अर्घ चढाएर छैठको समापन गरिएको हो ।

कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने यस पर्वमा सूर्य देवको पुजा, आराधना, उपासना बस्ने चलन छ । छैठको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएर रातभर जागराम बसेका थिए भने आईतबार उदाउँदो सुर्यलाई अघ्र्य दिएर समापन गरिएको थियो । सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए ।यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहँु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ ।

सर्य विना पृथ्विमा कुनै जिव जन्तु र वनस्पती नरहने भएकाले परम्परागत रुपमा वर्षेनी छैठ पर्व मनाउँदै आएको छ । नियम, निष्ठा र विधिपूर्वक छैठ मनाउँदै आएको र यस वर्ष पनि हर्षोलासकासाथ मनाएको त्रियुगा छैठ पुजा समिति उदयपुरले जनाएको छ ।यस वर्ष त्रियुगा नदिमा करिब पाँच सय ५० मिटर लम्बाईमा करिब एक सय ५० वटा स्टल बनाएको समितिले जनाएको छ । गत वर्षहरुमा भन्दा यसवर्षको छैठमा भक्तजनहरुको चाप बढेको त्रियुगा छैठ पुजा समिति उदयपुरका अध्यक्ष राहुल यादवले बताए ।

नेपालको राष्ट्रिय झण्डाको साथ शुभकामना आदानप्रदान र भक्तजनहरुको लागि सेल्फि प्वाईन्ट, २४ सैँ घण्टा एम्बुलेन्स सेवा लगायतका विभिन्न सेवा सुविधा उपलब्ध गराएको अध्यक्ष यादवले बताए ।

विशेष गरी तराईवासीले मात्र मनाउने यो पर्व आजभोली अन्य जातिले पनि मनाउन थालेका छन् ।