
पूर्णपुष्टि, वैशाख २२ ।
उपचारकाे अभावमा उदयपुरमा एकजनाकाे आज ज्यान गएकाे छ । त्रियुगा नगरपालिकाल १२ सुनगाभाटाेलका ४४ वर्षिय कृष्णबहादुर केप्छाकी मगरकाे ज्यान गएकाे हाे ।
विमारले च्यापेपछि राती जिल्ला अस्पताल लगिएकाेमा अस्पतालले तत्काल ठूलाे अस्पताल लान भन्दै रेफर गरेकाे थियाे ।
मगर दुबै मृगाैला फेल भएर विरामी थिए । दुबै मृगाैला काम नलाग्ने अबस्थाका उनकाे आर्थिक कमजाेरिले समयमा राम्राे उपचार नपाएकाे परिवारले जनाएकाे छ ।
विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नाेवेल हस्पिटल विराटनगरमा डायलासिस लगायतका उपचार र ओैषधिसेवन गर्दै आएपनि आर्थिक नाजुकताले मृगाैला फेर्न नसक्दा उनकाे अल्पायुमै ज्यान गुमेकाे आफन्तजनले बताएका छन् ।
पछिल्लाे समय उनकाे स्वास्थ्य स्थिति नाजुक बनेकाे थियाे ।
बेलैमा आर्थिक संकलन अभियानका साथ उपचार गरेकाे खण्डमा बाँच्ने सम्भावना रहेकाे मगर, समयमा उपचार नपाएरै ज्यान गुमाएकाे आफन्त अप्सरा समाल मगरले बताउनुभयाे । आफुहरुले थाहा पाउदा निकै ढिलाई भईसकेकाे मगरले बतनउनुभयाे ।
