
पूर्णपुष्टि, वैशाख २६ ।
उदयपुरको भुल्केकी कोरोना संक्रमित रोसना खातुन उपचारपछि आज फर्केर गाउँ नजिकैको क्वारेन्टाइनमा बस्नु भएको छ । ५१ वर्षिया खातुन विराटनगर स्थित कोशी कोरोना हस्पिटलमा उपचारपछि ठिक भएर फर्किनु भएको हो । गाउँ फर्किए पनि सिधै घर जान नमिल्ने, कोरेन्टाइनमा बसेर पुनः परिक्षणपछि रिपोर्ट नेगेटिभ आएपछि मात्र घर जान पाउने प्रक्रिया छ । सोही अनुरुप गाउँ नजिकैको मोतिगडा क्वारेन्टाइनमा उहाँलाई राखिएको छ ।
आज सो हस्पिटलबाट टिस्चार्ज हुने आठ जना मध्ये उहाँ एक महिला हुनुहुन्छ । अन्य डिस्चार्ज हुने भुल्केका २० वर्षिय आजाद आलम, १८ वर्षिय मो. इरजाम अमम्मद, १८ वर्षिय परवेज आलाम, ४१ वर्षिय मुख्तार मिया, मोरनका ७२ वर्षिय अइनुन मिया, ६० वर्षिय इस्राइल मिया र एक भारतीय नागरिक मो. आदिललाई भने विराटनगरस्थित मस्जिद कोरोन्टाइनमै राखिएका छन् ।
