Monday, July 6News That Matters

उपचारमा लगिएका बिरामीले अस्पतलाको तेस्रो तल्ला बाट हाम फालेपछि

पूर्णपुष्टि, पुष १८
काठमाण्डौँमा एक विरामीले अस्पतालको तेस्रो तल्लाबाट हाम फाल्दा घाईते भएको छ । ति युवाले कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफालेका हुन् । सोमबार राति साढे १० बजे एक युवक हाम्फालेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया घाइते भएका हुन् । रोकायाको मुटुको धड्कन एक्कासीबढेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो । त्यही क्रममा उनी अस्पतालको तेस्रो तलाबाट हामफालेका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । उनी अस्पतालबाट किन हामफालेका हुन् भन्ने कारण खुलेको छैन।