
पूर्णपुष्टि,असार १ । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि सुरक्षा त्रासको कारण काठमाडौकाका सबै हलहरुमा फिल्म शुक्रबार विहानको प्रदर्शन रोकिएको छ । विवादिन भएको भारतिय फिल्मलाई चलचित्र संघको निर्देशनमा प्रदर्शनीमा रोक लगाएको हो ।
फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।
सुरक्षा त्रासको कारण हलहरुले बिहानी शो रोकेका हुन् ।
सोही निर्देशनको पालना गर्दै हलहरुले प्रदर्शन रोकेका हुन् । बिहानी शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने ब्यवस्था हलहरुले गरेका छन् । चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार बिहीबार रातीसम्म १५ लाख रुपैयाँ ९६ हजार टिकट० बराबरको आदिपुरुषको टिकट विक्री भैसकेको देखिएको छ ।
