Tuesday, June 30News That Matters

एउटै मञ्चबाट ओली र विप्लवले सम्बोधन गर्दै

पूर्णपुष्टि, फागुन २१

आज प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव)ले एउटै मञ्चबाट संयुक्त रुपमा सम्बोधन गर्दै छन् ।

राष्ट्रिय सभागृहमा दिउँसो २ बजे हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सरकार र विप्लव समूहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीले जनाएको छ ।

दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरु आजकै कार्यक्रमबाट सार्वजनिक हुनेछन् । आजदेखि पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्ता पनि रिहा हुँदै छन् । सहमतिअनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् ।

विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।