Tuesday, April 21News That Matters

एकल पुरुष र अविवाहित महिलालाई पनि भत्ताको व्यवस्था

पूर्णपुष्टि, माघ २०

दैलेखमा अबिबाहित महिला र एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गरेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिकाले एकल पुरुष र अविबाहित महिलालाई पनि भत्ता दिने व्यवस्था मिलाएको छ । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६र७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो ।
गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्।उनीहरलाई मासिक ५०० रूपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए। ‘भत्ता ६र६ महिनामा वितरण गरिनेछ’, अध्यक्षले भने।

त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए ।