Saturday, June 20News That Matters

१६ नं वडाका कृषकहरुलाई वडाले गर्यो भैँसी बितरण

पूर्णपुष्टि, असार १२

त्रियुगा नगरपालिका १६ नं वडाले वडाका कृषकहरुलाई भैँसी वितरण गरेको छ । वडाभित्र रहेका व्यवसायीक कृषकहरुलाई मुर्राक्रस जातको भैँसी ४० प्रतिशत अनुदानमा वितरण गरेको वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो । आ.व. २०७७/०७८ को स्वीकृत वडागत वजेटबाट  “एक घर एक भैंसी, खाऔ दूध नखाऔ रक्सि“ अभियान अन्तर्गत वडाले भैँसी वितरण गरेको अध्यक्ष राईले बताउनुभयो ।अध्यक्ष राईका अनुसार शनिवार वडाको बेङग्री, सिद्रे र शाहिखोलाका १० घर कृषकहरुलाई ४० प्रतिशत अनुदानमा मुर्राक्रस जातको भैंसी वितरण गरिएको हो । यस कार्यक्रमले व्यवसायिक भैसिपालन व्यवसायको प्रबर्द्धन गर्नुका साथै समाज सुधार र आत्मा निर्भरमा सहयोग पुग्ने वडाले अपेक्षा गरेको छ ।

अध्यक्ष राईले भविष्यमा बिभिन्न उपलब्धीहरु हाँसिल गर्ने अपेक्षितका लिष्ट सहित भैँसी वितरण गरिएको जनाउनुभयो । उहाँले वडामा हाल कायम रहेको २७% गरिबी घटाउने,  मादक पदार्थको सेवनका कारण महिलामाथि हुने हिङ्सा दुर्व्यवहारमा कमि ल्याउने, बालबालिका र जेष्ठ नागरिकहरुमा पोषणका मात्रा पूरा गराउने, मादक पदार्थको सेवनबाट हुने सामाजिक अपराधमा कमि ल्याउने, साझेदारी व्यवसायको विकास तथा विस्तार गर्ने जस्ता उदेश्यहरु समेत पुरा हुने अपेक्षा गरेको छ ।वडाले कार्यालयको तर्फबाट आगामि दिनमा यस कार्यक्रमको अझ विकास र विस्तार गर्दै सफलरुपमा अगाडि लगिने प्रतिबद्धता जनाएको छ । भैँसी वितरण गर्दै अध्यक्ष राईले भैँसी प्राप्त गर्ने सबै कृषकहरुलाई सफल व्यवसायीक कृषको शुभकामना समेत दिएको छ ।

भैँसी पाएका कृषकहरुले आफुलाई थप व्यवसायी बनाउनेमा सहयोग पुगेको बताएका छन् । उनिहरुले किसानले कसैगरी पनि लगानी गर्न सक्ने अवस्था नभएको भएपनि वडाको यो कार्यले आफुहरुमा निकै ठुलो राहत मिलेको बताए ।