
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्ने भएको छ। मन्त्रालयले एक महिना बन्द गर्न सिफारिस गरेको हो । साथै अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।
कोरोनाको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएपछि यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको हो ।
मन्त्रालयका अनुसार १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन बनेको छैन । स्रोतका अनुसार यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ ।
