
पूर्णपुष्टि,फागुन १६
मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१८ निवासी २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुभाषलाई बन्धक बनाएर १० लाख फिरौती माग्ने विराटनगर महानगरपालिका–१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका –१२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका–६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मालाई प्रहरीले नियन्त्रमा लिएको हो ।

सुभाषलाई शनिबार दिउँसो करिब १ः३० बजेबाट बन्धक बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ पर्नेहरुले पीडितको परिवारसँग १० लाख फिरौती माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले बन्धक बनाइएका सुभाषलाई २ घण्टाभित्र नै सकुशल उद्दार गर्न सफल भएको प्रहरीले जनाएको छ ।
