Saturday, June 6News That Matters

एट्लान्टा प्रहरी प्रमुखले दिए राजीनामा

पूर्णपुष्टि, जेठ ३२ गते । 

प्रहरीले चलाएको गोली लागी कालो वर्णका एक जना मानिसको मृत्यु भएपछि अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् ।

प्रहरीले चलाएको गोली लागेर २७ वर्षीय रेशर्ड ब्रुक्सको शुक्रबार आफ्नै कारमा मृत्ययु भएपछि प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिनुभएको  अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली बु्रक्सलाई लागेको जनाएको छ । घटनापछि प्रहरी प्रमुख एरिकाले हिजो राजीनामा बुझाउनुभएको हो ।

कालो वर्णका जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा ज्यान गएपछि अमेरिकाभर प्रदर्शन भैरहेको छ । प्रदर्शनका बीच अर्का कालो वर्णका व्यक्तिको प्रहरीले चलाएको गोली लागेर ज्यान गएपछि दोषीलाई कारबाहीको माग गर्दै एट्लान्टामा प्रदर्शन भएको छ ।