Sunday, June 28News That Matters

एफएनसीसीआईको चुनावका स्थान तोकियो

पूर्णपुष्टि, कात्तिक ५

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । गत चैतमा हुनुपर्ने निर्वाचन कोरोना संक्रमणको कारण रोकिएको थियो ।
आगामी मङ्सिर ११ र १२ गते ५४ औ वार्षिक साधारण सभाको मिति तोकिएको छ । साधारणसभाको अन्तिम दिन अर्थात १२ गते निर्वाचन हुने महासंघले जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष तथा अन्य पदहरुमा भने निर्वाचन हुनेछ । कार्यतालिका अनुसार तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइनेछ ।

महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू गर्ने सूचनामा उल्लेख छ ।

कोरोना भाईरसको संक्रमण र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई द्धिष्टिगत गर्दै फरक–फरक ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।