
पूर्णपुष्टि, चैत ७ गते ।
एम्बुलेन्सको ठक्करबाट अाज उदयपुरमा एक बृद्धको मृत्यु हुनुका साथै दुईजना गम्भिर घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गतको चुहाडे–गाईघाट सडकखण्डको त्रियुगा नगरपालिका ९ झिल्केचौकमा स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा सोही ठाउँका ६२ वर्षिय तिलक दनुवारको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते दनुवारको उपचारको क्रममा जिल्ला हस्पिटल उदयपुरमा मृत्यु भएको हो । उनीसंगै ठक्करबाट गम्भिर घाइते अन्य दुईजनामा स्थानीय ३२ वर्षिय राजकुमार दनुवार र १४ वर्षिय रोसन दनुवार रहेका छन् । उनीहरु दुबै जनालाई जिल्ला अस्पतालबाट थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले घटनाको पुष्टि गर्दै एम्बुलेन्स चालक ३० वर्षिय सन्तोष वि.क.लाई नियन्त्रणमा लिइएको बताउनुभयो । साथै घटनाबारे छानविन तथा अनुसन्धान भईरहेको बताउनुभयो ।
प्रहरीले जानकारी दिएको घटना विवरणअनुसार एम्बुलेन्सले रोकिराखेको स ४ प १६६२ र १६ प ७९२३ नम्बरको मोटरसाइकलसंगै छेउमा बसिरहेका तीनै जनालाई ठक्कर दिएको थियो । ठक्करबाट दुबै मोटरसाईकलसमेत पूर्ण क्षती भएका छन् ।
