
पूर्णपुष्टि, वैशाख २
झापा शिवसताक्षी नगरपालिका–११ दुधे स्थित पुर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको ज्यान गएको छ । अर्का एक जना सवार गम्भिर घाईते भएका छन् । एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका–७ का २० वर्षीय उत्सब घिमिरेको ज्यान गएको हो भने सोहि एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० वर्षीय सन्तोष तामाङ गम्भिर घाईतेका हुन् ।
आज बिहान साढे ४ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रीत भई दुर्घट्ना हुँदा एम्बुलेन्स चालक घिमिरे र सोहि एम्बुलेन्समा सवार तामाङ गम्भिर घाईते भई उपचारको लागी दुवैलाई विएण्डसी अस्पताल बिर्तामोड लैजादै गर्दा चालक घिमिरेको बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घाईते तामाङको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
