
पूर्णपुष्टि, असार ४ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट आज विदा भएका एसपी बीरबहादुर बुढा मगर उदयपुरमा नि*र्वि*वा*द*रुपमा आफ्नो कार्यकाल पुरा गर्ने प्रहरी प्रमुखको रुपमा देखिएका छन् । उनले १३ महिने कार्यकालमा जिल्लामा शान्ति, सुरक्षा तथा नागरिकको अमनचयन कायम गर्दै विवादरहितरुपमा कार्य सम्पादन गरेको पाइएको छ । कार्यकाल भर उनलाई नागरिकहरुबाट कुनै पनि किसिमको आक्षेप लगाउने अवस्था बनेन । उनको जिल्लामा कोरोना संक्रमण नियन्त्रणको भूमिका पनि उत्तिकै प्रशंसनीय रह्यो । उनले आफ्नो कार्यकालमा घटेका जघन्य अ*प*रा*धका घ*ट*नाहरुलाई सफलतापूर्वक छिटो अनुसन्धान गरी अप*रा*धीलाई कटघरामा उभ्याउने काम गरेका छन् । उनका केही प्रशंसनीय कामहरु चर्चा गरौं ।
दशैंको बेला आमाछोरीको ह*त्या, ह*त्या*रालाई जन्म*कैद
दशैको माहौल थियो । त्रियुगा नगरपालिका ९ चौकीबारीमा ज*घ*न्य घ*ट*ना घट्यो । २०७६ असोज २४ गते त्यहाँ आमाछोरीको ह*त्या भयो । २८ वर्षिय सुनिताकुमारी चौधरी र उनकी ८ वर्षिय छोरी रचना चौधरीको धारियो ह*तियारले घाँटी रे*टे*र ह*त्या भएको थियो । प्रहरी अनुसन्धानबाट भोलीपल्टै ह*त्या*रा पत्ता लाग्यो । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. २ घर भई त्रिनपा ३ मोतिगडामा बस्ने ४० वर्षिय रामहरी साहले आमाछोरीको ह*त्या गरेको प्रहरीले पत्ता लगायो । अनुसन्धानगरी अदालतमा पेश गरेकोमा अदालतको फैसलाले ह*त्या*रा साहलाई जन्म*कै*द भएको छ ।
केटासाथीसंग पिकनिक स्पोर्ट गएकी किशोरीलाई केटाकै अगाडी सा*मुहिक ब*ल*त्का*र गर्नेहरु तत्काल प*क्रा*उ
गत २०७६ सालको साउन २२ गते यस्तो घ*ट*ना घट्यो जुन घ*ट*नामा केटासाथीका साथ पिकनिक स्पोर्टमा घुम्न गएकी १७ वर्षिय किशोरी केटासाथीकै अगाडी सामुहिक ब*ला*त्का*रमा परिन् । घ*ट*ना विवरण अनुसार उक्तदिनको बेलुका ७ः३० बजेतिर त्रियुगा नगरपालिका ३ स्थित पिकनिक स्पोर्ट स्थलमा ताप्ली गाउँपालिका घर भई गाईघाटमा बस्दै आएकी एक १७ वर्षिय किशोरी र त्रियुगा नगरपालिका ७ का २० वर्षिय युवा घुम्न गएका थिए । त्यसैमौकामा स्थानीय युवाहरुले केटालाई नियन्त्रणमा लिइ किशोरीलाई सामु*हिक ब*ला*त्का*र गरेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रिनपा ३ का २२ वर्षिय कोइला भनिने देवनारायण चौधरी, १८ वर्षिय अक्षय चौधरी, २६ वर्षिय दिपेन चौधरी र १८ वर्षिय बासुदेव चौधरीलाई सामुहिक ब*ला*त्का*रको आ*रो*प लागेको थियो । अनुसन्धानबाट ज*ब*र*जस्ती क*र*णी गरेको ठहर भएपछि उनीहरु पुर्पक्षका लागि का*रा*गा*र चलान भएका छन् ।
श्रीमतीको ह*त्या*रा घ*ट*ना*स्थलमै प*क्रा*उ
२०७७ जेठ १२ गते एक घरभित्रै ज*घ*न्य अ*प*रा*ध घट्यो । जहाँ श्रीमान्ले आफ्नै श्रीमतीलाई मुं*ग्रो र ह*ति*या*र प्रयोग गरेर ह*त्या गर्यो । घटनाविवरण अनुसार रौतामाई गाउँपालिका वडा नं. ८ झिरुडाँडा कोप्चेमा ४३ वर्षिय दिलमाया तामाङको आप्mनै घरमा श्रीमान्बाट ह*त्या भयो । श्रीमान् ५२ वर्षिय विष्णु भन्ने भोटु तामाङले मुं*ग्रो र धा*रि*लो ह*ति*या*र ह*सि*या प्रयोग गरेर उनको ह*त्या गरेको थियो । घटनाको सूचना प्राप्त भए लगत्तै प्रहरीले अ*प*रा*धी उम्कन नपाउने गरी घ*ट*ना*स्थलबाटै प*क्रा*उ गरी अनु*सन्धानसहित कानूनी का*र*वा*ही अगाडी बढाएको छ ।
विप्लप समुहका नेता, कार्यकर्ता प*क्रा*उ
२०७६ फागुन २९ गते दिउसो ३ बजेको समयमा कटारी नगरपालिका वडा नं. १ खसिबास भन्ने ठाउँमा ठूलो समुहमा नेकपा विप्लव कार्यकर्ता र हा*त*ह*ति*या*र सुरक्षाकर्मीले नियन्त्रणमा लियो । २०७६ फागुन २८ गते धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ गौरीखोलाकी किशोरी करीना मोक्तानलाई विप्लब कार्यकर्ताहरुले संगै लिएर गएको जानकारीपछि जिल्ला प्रहरीबाट प्रहरी निरिक्षकको कमाण्ड, सशस्त्र प्रहरी बेश कटारीबाट सशस्त्र प्रहरी नायव निरिक्षकको कमाण्ड, इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी नाउव उपरिक्षकको कमाण्ड, मिर्चैैयाबाट सशस्त्र प्रहरी सहायक निरिक्षकको कमाण्डको सुरक्षाटोलीले १४ जना मानिसलाई हा*त*ह*ति*या*र र ख*र*ख*ज*ना*सहित पक्राउ गरेको थियो । सकेट ब*म ११ थान, प्रेशर*कुकर १ थान, म्या*गेजिन, गो*ली, डे*टो*ने*टर आदि ब*रा*म*द गरी जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको थियो ।
साथै २०७६ पुस ९ गते कटारी नगरपालिका वडा नंं ६ रिस्कु धपडबाट नेकपा विप्लप समुहको सचिवालय सदस्य कटारी नगरपालिका ४ का ३२ वर्षिय सुरेन्द्र थापा र पूर्व सगरमाथा ब्युरो इन्चार्ज तथा पूर्व केन्द्रिय सदस्य भोजपुर षडानन्द नगरपालिका १३ का ४३ वर्षिय देवानसिंह भन्ने दिपेश राई प*क्रा*उ गरेको थियो । जिल्ला प्रहरीले दिएको जानकारी अनुसार विभिन्न ब*म वि*ष्फो*ट, आ*ग*ज*नी जस्ता घ*ट**नामा संलग्न ७ जना नेकपा (विप्लव) समुहका कार्यकर्तालाई प*क्रा*उ गरी का*र*वा*ही भएको छ ।
ठूलोमात्रामा म*दि*रा तथा गाँ*जा न*ष्ट साथै ट्राफिक का*र*वा*ही
एसपी मगरको कार्यकालमा जिल्लाभरमा १६ विघा १८ कठ्ठाभित्र रहेका अ*वै*ध १ लाख ७८ हजार ३ सय ४१ बोट गाँ*जा न*ष्ट गरिएको छ भने २ सय २५ लिटर म*दि*रा न*ष्ट गरिएको छ । साथै ४ हजार ६५ वटा विभिन्न सवारी साधनहरुलाई का*र*वा*ही*गरी १ करोड ८ लाख ८७ हजार पाँचसय रुपैया राजस्व संकलन गरिएको छ ।*
फरार अ*प*रा*धी प*क्रा*उ
जिल्ला अदालत उदयपुरबाट फरार घोषित भएका ५१ जना अ*प*रा*धीलाई प*क्रा*उ गरी अ*दा*ल*तमा बुझाएको छ । उनको कार्यकालमा ५ सय ३१ वटा विभिन्न मु*द्दा दर्ता भई ५ सय ५३ जना प्रतिवादीहरुलाई प*क्रा*उ गरी ३ सय ७० वटा मु*द्दा फछ्यौट भएको छ । यसका साथै एसपी मगरले लागूऔषध दू*ब्र्य*स*न नियन्त्रण, अ*प*रा*धि*क क्रियाकलाप तथा काला*बजारी नियन्त्रण, चाँडबाँडको नाममा हुने जु*वा*ता*स जस्ता कुराहरु सफलतापूर्वक नियन्त्रण गरेका हुन् ।
सुरक्षा विस्तार र पूर्वाधार
जिल्ला प्रहरी कार्यालय उदयपुरको नयाँ कार्यालय भवनको सिलान्यास भई निर्माण कार्य धमाधम भईरहेको छ । प्रहरी चौकी सोरुङछविसेको भवन पनि सिलान्यास भएको छ । रौतामाई गाउँपालिकाको प्रहरी चौकी मुर्कुची र बेलका नगरपालिकाको प्रहरी चौकी मैनामैनीको लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुसंग समन्वय गरी जग्गा व्यवस्था मिलाएको छ । त्रियुगा नगरपालिका १४ साउने र वडा नं. १६ सुकौराको भवन निर्माण कार्य सम्पन्न भएको छ ।
समग्रमा उनको कार्यकालभित्र नागरिकले सुरक्षाको प्रत्याभूती पाए भने प्रहरीबाट निश्पक्ष सेवा पाउनेमा ढुक्क भए । को*रो*नाबाट नागरिकलाई बचाउन जनचेतना जगाउने तथा ल*क*डा*उ*न प्रभावकारी बनाएर नागरिकबाट प्रशंसा पाए । उनलाइ जिल्लाका विभिन्न संघसंस्था, व्यक्ति तथा कार्यालयले उच्च सम्मानका साथ विदाइ गरे ।
विदाइका झलकहरू

