
एसियन लाईफ ईन्स्योरेन्स गाईघाट उपशाखाले बच्चाको बिमा अन्तर्गत अतिरित्त सुविधा बापतको रकम सोमवार २ जना अविभावकलाई कार्यलयमा प्रदान गरेको छ । कार्यलयका उपशाखा प्रमुख बाल कुमार राईले १ बालिका र १ बालकको रकम अविभावकलाई प्रदान गरेको हो ।
बच्चाको विमा गराउँदा विमा अवधिभर प्रस्तावकको मृत्यु भएको अवस्थामा कम्पनीले बच्चालाई १६ बर्ष सम्म पढाई खर्च स्वरुप अतिरिक्त सुविधा अन्तर्गतको रकम उपलब्ध गराउने गरेको एसियन लाईफ ईन्स्योरेन्स कम्पनी गाईघाट उपशाखाका प्रमुख बाल कुमार राईले बताउनुभयो ।
सो बापतको रकम कम्पनीले दिनेश राई र भोज कुमारी आले मगर प्रस्तावक रहेर बिमा गराएको दिपिसा राई र नियोग आले मगरको पढाइ खर्चको लागि कम्पनीको नियम तथा व्यवस्था अनुसार रकम प्रदान गरेको कम्पनीले जनाएको छ ।
नियोग आले मगरको प्रस्तावक रही ७० सालमा आमा भोज कुमारी मगरले छोरा नियोग आले मगरको ५ लाख बराबरको विमा गराइएका थिए, भने दिनेश राई प्रस्तावक रही ७१ सालमा छोरी दिपिसा राईको १ लाखको विमा गराए बापतको १ प्रतिशतले कम्पनीले रकम बुझाएको राईले बताउनुभयो ।
दिपिसा राईको १ लाखको १ प्रतिशतको दरले ४ महिनाको ४ हजार रकम कम्पनीले उपलब्ध गराएको छ भने नियोग आलेको ५ लाखको १ प्रतिशतको दरले १० महिनाको ५० हजार १ सय रकम कम्पनीले बझाएको छ ।
प्रस्ताबक भोज कुमारी मगर क्यान्सरका कारण २०७६ मा मुत्यु भएकी थिइन भने प्रस्तावक दिनेश राई २०७६/८ महिना १५ गते एम्वुलेन्स दुर्घटनामा मृत्यृ भएका थिए ।
बच्चाको विमा गर्दा बिमा अवधिभर प्रस्तावकको मृत्यु भएमा सो वापतको रकम कम्पनीले दिने सुविधा अनुरु भुक्तानी रकम प्रधान गरेको शाखा प्रमुख राईले बताउनुभयो ।
कम्पनीले किस्ता छुट सहित १६ बर्ष सम्म पढाई खर्च स्वरुप आफुले जम्मा गरेको रकमको १ प्रतिसतले प्रस्तावक अथवा हकदारलाई जिम्मा लगाउने कम्पनीको व्यवस्था अनुसार रकम पदान गरेको हो ।
कम्पनीले दुवैलाई १६ बर्ष सम्म किस्ता छुट सहित पढाइ खर्च निरन्तर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

