
पूणर्पुष्टि साउन १४
एसियन लाईफ गाईघाट शाखाले अभिकर्ताहरुलाई एक दिने प्रशिक्षण दिएको छ । शनिवार सदावाहर आफ्नो अभिकर्ताहरुलाई यस आर्थिक बर्षको विमा गतिविधि तथा बिभिन्न पलेसी र ग्राहकहरुलाई दिने सेवा सुविधावारे प्रशिक्षण दिईएको हो । प्रशिक्षण सँगै बिभिन्न तारर्गेट साथै जिम्मेवारी पुरा गरेका अभिकर्ताहरुलाई कार्यक्रममा सम्मान पनि गरिएको छ ।
कम्पनीले दिएको समय अवधिमा ५ लाख देखी १० लाख माथी तार्गेट पुराएको अभिकर्ताहरुलाई कार्यक्रममा भव्य सम्मान समेत गरिएको शाखा प्रवन्धक वालकुमार राईले बताउनुभयो । राईले गत आर्थिक बर्षको मुल्याङकन गर्दै यस आर्थिक बर्षमा थप सफलताको कामना सहित अभिकर्ताहरुलाई मायाको चिनोले सम्मान गर्नुभयो ।
राईका अनुसार डिसियममा योग्य ५ लाख भन्दा बढी प्रिमियम दिन सफल ६ जना र १० लाख माथी प्रिमियम दिन सफल ३ जनालाई सम्मान गर्नुका साथै ३ लाख माथि प्रिमियम दिन सफल भएकाहरुलाई समेत सम्मान गरिएका जनाउनुभयो । यस्तै यी मध्ये बिभिन्न ६ जनाले भने पोखरा भ्रमण सहितका स्किमहरु समेत पाउन सफल भएको छ ।

प्रवन्धक राईले जिवन विमा भनेको जिवनको रक्षा गर्ने एक महत्वपूणर् क्षेत्र रहेको जानकारी गराउनुभयो । विमितहरुलाई सक्दो सेवा र सुविधा दिने कुराहरु जानकारी गराएर विमा गराउन सके उनिहरुका लागि निकै उपयोगि र आर्थिक बचतमा सहयोग पुग्ने राईको भनाई छ । विमा नगरे सम्म भ्रम छर्ने केहि व्यक्तिहरुले पछि आफै बुझेरै पनि विमा गर्न आएको कुरा वताउँदै अभिकर्ताहरुले विमा पोलेसीको बारेमा भ्रम रहित सुविधाहरुलाई प्रस्ट पार्न सक्नु पर्ने राईले जनाउनुभयो ।
कार्यक्रममा वरिष्ठ व्यापारी भरत राईले विमा भनेको पेन्सनको रुपमा लिन सकिने जनाउनुभयो । सरकारी जागिरेहरुको अवकास पछि पेन्सन आए जस्तै विमामा एकमुष्ट रकमले जिवनमा ठुलो उपलब्धी हाँसिल गर्न सकिने र आर्थिक संकट बाट समेत जोगिन सकिने जनाउनुभयो ।
यस्तै समाजसेवी किसन राईले विमा आफैमा सुन्दर पक्ष रहेको परिभाषा दिनुभयो । भविष्यको पछिल्लो समय, पछिल्लो पुस्ताहरुलाई सुन्दर बनाउने र सहज भविष्य यापनमा जिवन विमाको ठुलो सहयोग रहने सुझाउनुभयो ।



