
पूर्णपुष्टि,वैशाख ८ । एसीसी प्रिमियर कपको आज दोस्रो खेल नेपालले ओमान सँग खेल्ने भएको छ । गएको मंगलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
त्यस्तै, बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो । समूह चरणका अन्य खेल एकदिवसीय मात्रका भए पनि यो खेल भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ । नेपाल र ओमानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । यो खेल नेपालको ५०औँ ओडीआई रहेकाले पनि नेपालको लागि विशेष रहनेछ ।
प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।
