
पूर्णपुष्टि, असार ८ गते ।
ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । लिखु गाउँपपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै १ न. प्रदेशको १४ वटै जिल्लामा कोरोना संक्रमण फेला परिसकेको छ ।
भारततको गोरखपुरबाट आएर क्वारेन्टाईनमा बसेका २८ वर्षीय युवामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ । आइतबार पीसीआर रिपोर्ट आएका ६ मध्ये उनको रिपार्ट पोजेटिभ आएको थियो ।
कोरोना पोजेटिभ देखिएका युवा क्वारेन्टाइनमा बसेकै ब्यक्ति हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।
