Tuesday, July 7News That Matters

ओखलढुङ्गामा जीप दुर्घटमा हुँदा ७ जना घाइते

पुर्णपुष्टि, पुष २८ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट ओखलढुङ्गा तर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाईते भएको छ । बिहिवार बिहानको करिव ९:४० बजे प्र–१–०२–००२ नम्बरको बोलेरो जीप सिद्धिचरण नगरपालिका ५ स्थित बिबलाटेमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेमध्ये नेचा सल्यान गाउँपालिका–३ का ७० वर्षिय डिल्लीराम शर्माको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देबेन्द्र दासले जानकारी दिए । दासका अनुसार चालकसहित अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । सडकमा गुडिरहेको जीप अचानक गाडीको ब्रेक फेल भएर सडककै छेउमा पल्टिँदा दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा घाईते भएकाहरुको उद्धार गरि सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।