
भदौ १७ गते ।
ओमनमा हुन लागेको टी–२० क्रिकेट सिरिज नेपालको उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएको छ । आगामी असोजमा हुने पाँच राष्ट्र बीचका टी–२० क्रिकेट सिरिजमा नखेल्ने भएको हो ।
सिरिजमा व्यक्तिगत कारण देखाउँदै मल्लले नखेल्ने जानकारी दिएका हुन् । असोज १८ देखि २३ गतेसम्म हुने सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।
असोज १९ गते हङकङसँग नेपालले पहिलो खेल खेल्ने छ । दोस्रो खेल असोज २० गते नेदरल्यान्डसँग खेल्ने छ भने तेस्रो खेल २२ गते आयरल्याण्डसँग खेल्ने भएको छ । त्यस्तै नेपाललले २३ गते आयोजक ओमनसँग अन्तिम खेल खेल्ने छ ।
