Sunday, June 28News That Matters

ओली र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप

पूर्णपुष्टि,फागुन ४

सरस्वती पूजाको विषयमा विवाद हुँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समूहका विद्यार्थी बीच झडप भएको छ । नेकपा ओली समूह र प्रचण्ड–माधव समूहका दुई विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा आज झडप भएको हो ।

झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले बताए । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनले बताए ।