
पूर्णपुष्टि, जेष्ठ १८
यो आर्थिक बर्षको बजेट वितरणले सरकारलाई आलोचना खेपाईरहेको छ । अवैधानिक र चुनावी मैदान तयारीका लागि ल्याएको भन्दै यस बिषयमा अहिले देशभर बजेटको आलोचना बढीरहेको पाइन्छ ।
सरकारले बजेट वितरणमा पनि व्यक्तिवादी कदम चालेको बिपक्षी दलहरुले जनाईरहेको छ । बजेट वितरणमा चर्को आलोचना खेपिरहेको काम चालउ सरकारले आफ्नो पहँचवाला र सत्तापक्षलाई तार्गेट गरी बजेट वितरण गरेको बिपक्षीहरुको भनाई छ ।
यहि शिलशिलामा प्रधानमन्त्री केपी शर्मा ओली सहित ५ नेताको गृह जिल्लालाई तार्गेटमा राखी बजेट बितरण गरिएको छ । ओली सहित उनि निकट नेताहरु गोकुल बास्कोटा, अर्थमन्त्री बिष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र एमाले नेता महेश बस्नेतको गृह जिल्लामा बजेटको ओईरो रहेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले गृहजिल्ला हो रुपन्देही, अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्षको बजेटमा रुपन्देहीका लागि दर्जनौं कार्यक्रम समावेश छ । रुपन्देहीमा पनि बढीजसो बजेट बुटवल उपमहानगरपालिकामा केन्द्रित छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाले पनि अघिल्ला वर्षहरुमा झैं यो वर्ष पनि राम्रै बजेट पाएको छ । दमकमा अन्तर्राष्ट्रियस्तरको रंगशालादेखि सिटी पार्कसम्मका योजना बजेटमा समावेश छन् ।
अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशका विभिन्न जिल्लालाई पनि बजेटमा प्राथमिकता दिएको देखिन्छ । विशेषगरी दाङ, बाँके र पाल्पा बढी प्राथमिकतामा परेका छन् ।
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला हो । त्यहाँ विमानस्थल सञ्चालनमा ल्याउने, लक्ष्मीपुरमा औद्योगिक क्षेत्र र लमहीमा क्रिकेट मैदान बनाउने योजना बजेटमा छ । बृहत दाङ उपत्यका सिंचाइ आयोजनाका लागि बजेट दिइएको छ भने तुल्सीपुरलाई स्मार्ट सिटी बनाउन बजेट छुट्याएको छ ।
प्रधानमन्त्री निकट एमाले नेताद्वय गोकुल बास्कोटाको जिल्ला काभ्रे र महेश बस्नेतको जिल्ला भक्तपुरले पनि बजेटमा राम्रै स्थान पाएको देखिन्छ ।
बजेटले भुक्तपुरको चाँगुनारायाण नगरपालिकाको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्न सुविधासम्पन्न अस्पताल निर्माण गर्ने घोषणा दोहो¥याएको छ ।
